मंसिर ७, मंसिर ।
नेपाली कांग्रेस स्याङ्जाका नेता मोहन प्रसाद पाण्डे संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा समानुपातिक तर्फको सांसद बनेका छन् ।

नेपाली काँग्रेसका तर्फबाट समानुपातिक तर्फको प्रतिनिधिसभाको रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई निर्वाचन आयोगले प्रमाण पत्र प्रदान गरेसंगै उनी प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
निर्वाचन आयोगमा नेपाली कांग्रेसले बुझाएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम रहेका मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गर्ने निर्णय कांग्रेसले गरेको थियो । यससंगै पाण्डेलाई निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र प्रदान गरेको हो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्य सूर्यबहादुर केसीको निधन पछि समानुपातिक तर्फको एक पद रिक्त भएको थियो । सोही रिक्त स्थानमा पाण्डेलाई लगिएको हो । प्रतिनिधि सभा सदस्य पदको सपथ ग्रहण कार्यक्रम भने सोमबारका लागि तय भएको जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :