पोखरा, ७ मंसिर ।
नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नम्बर २० का दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस(कोभिड–१९) बाट जोगाउन आइतबार वडा नम्बर २०को कार्यालयमा भलाम स्वास्थ्यचौकी र मौजा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष एकदेव देवकोटाले वडा अध्यक्ष सिम गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तर गरेका हुन् । स्वास्थ्य सामग्री बुझ्दै वडाध्यक्ष गुरुङले नेलम्बोको सहयोग प्रति आभार प्रकट गरे । वर्तमान विषम परिस्थितिमा भएको सहयोगले वडाबासीलाई राहत मिलेको उनको भनाई छ ।
नेलम्बो नेपालका अध्यक्ष देवकोटाले सहयोग गर्ने अवसर दिएकोमा वडा कार्यालय प्रति धन्यवाद दिएका थिए । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा नेलम्बोले काम गर्दै आएकोमा अहिले वर्तमान अवस्थामा कोरोना भाइरस नियन्त्रण र यससम्बन्धि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
नेलम्बोले झण्डै ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । माक्स सेनिटाइजर लगायतका विभिन्न १५ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।
Discussion about this post