विराटनगर ।

कोरोना संक्रमणका कारण एकजना जनस्वास्थ्य अधिकृतको ज्यान गुमेको छ ।
नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार ज्यान गुमेको हो ।
सप्तरीको राजविराज वडा नम्बर २ घर भएका ५० बर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए ।
उपचारकै क्रममा शनिबार राति उनको ज्यान गुमेको यादवले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस् :