• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

कोरोना भाइरस सङ्क्रमणः कोभिड–१९ विरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा ’कम्तीमा ६ महिना बस्छ’

in अन्तराष्ट्रिय, शीर्ष खबर, समाचार, स्वास्थ्य/जीवनशैली
२०७७, ७ मंसिर आईतवार ०८:५६
0
देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
35
SHARES
64
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
एन्टिबडीले भाइरसको प्रोटीनमा टाँसिएर प्रतिरोध प्रणालीबाट उत्पन्न हुने अरू कोषलाई तिनलाई नष्ट पार्न सघाउँछन्
एन्टिबडीले भाइरसको प्रोटीनमा टाँसिएर प्रतिरोध प्रणालीबाट बन्ने अरू कोषलाई आकर्षित गराएर तिनलाई नष्ट पार्न सघाउँछन्

ads
×

कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ।

अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड– १९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो।

शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ।

अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड–१९ हुन नदिएको देखियो।सङ्क्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड यूनिभर्सिटीको निष्कर्षलाई “उत्साहवर्धक समाचार“ भनेकी छन्।

उनका अनुसार एक चोटि भाइरसको सङ्क्रमण भएपछि फेरि कोभिड हुन नदिन “छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त“ हुने अनुसन्धाताहरूले बताएका छन्।

अक्स्फर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२,००० कर्मचारीलाई संलग्न गराइएको थियो। तीमध्ये ११,००० जनामा कोभिड–१९ को एन्टिबडी भेटिएको थिएन।

भाइरल सङ्क्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ। ती तत्त्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन्।

अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको सङ्क्रमण भयो। स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो।

तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी सङ्क्रमण भएन।

परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड–१९ भएको पाइयो। उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन।

तर ती तीन जना पनि बिरामी भएनन्।

सङ्क्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ

 

रुघाबाट टी–सेल
उक्त अध्ययनका अनुसार “सार्स–कोभ–२ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिनेगरी“ परिणाममा एकरूपता देखियो।यो अनुसन्धानमा कोभिड–१९ गराउने कोरोनाभाइरसको “स्पाईक प्रोटीन“ विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो।

कोरोनाभाइरसको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ।

अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो।

यो साताको आरम्भतिर पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको एउटा शोधमा मानव शरीरको प्रतिरक्षा प्रणालीले बनाउने टी(सेल नामक विशेष कोषको अध्ययन गरेको थियो।

अध्ययनमा सहभागी गराइएका कर्मचारीमध्ये एकचौथाइमा टी(सेलको मात्रा उच्च भएको र ती कोषले शरीरभित्र रगतमा कोरोनाभाइरस भए पत्ता लगाउने गरेको देखिएको थियो।

तर तीमध्ये आधाभन्दा केही बढीमा मात्र कोभिड–१९ भएको पुष्टि भएको थियो।उक्त शोधले त्यस्तो प्रतिरक्षा क्षमता कोभिड–१९ गराउने भाइरसबाहेक सामान्य रुघा गराउने अन्य कोरोनाभाइरसको सङ्क्रमणका कारण विकसित भएको हुन सक्ने निष्कर्ष निकालेको छ।

पहिला कोभिड भएको भए पनि नभए पनि उच्च मात्रामा सम्बन्धित टी–सेल भएका व्यक्तिहरूलाई चार महिनासम्म कोभिड–१९ भएन।समाचार स्रौतः बीबीसी

 

सम्बन्धित समाचार

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग
Uncategorized

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण
शीर्ष खबर

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य/जीवनशैली

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड
शीर्ष खबर

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित दुइ पुरुषको पोखरामा मृत्यु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.