मोरङ ।
मोरङ प्रहरीले जुवातास खेल्ने १६ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
मोरङ रतुवामाई नगरपालिका–८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरि प्रहरील् नगद समेत बरामद गरेको छ ।
ADVERTISEMENT
जुवाडेको साथबाट १ लाख ६९ हजार ६९५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
राईका अनुसार पक्राउ परेकाहरुको साथबाट १ बुक तास, १६ थान कौडा, विभिन्न कम्पनीका १७ वटा मोबाइल, २ वटा कार र १९ वटा मोटरसाइकल समेत बरामद भएको छ ।
१६ जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post