• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

कोभिड–१९ खोपः कोरोना भाइरस रोक्ने खोपलाई अनुमति दिन फाइजरद्वारा अमेरिकी निकायमा आवेदन

in अन्तराष्ट्रिय, शीर्ष खबर, समाचार, स्वास्थ्य/जीवनशैली
२०७७, ६ मंसिर शनिबार १४:५५
0
कोभिड–१९ खोप खरिद प्रक्रिया सुरु
39
SHARES
73
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा शुक्रवार आवेदन दिएका छन्।

ads
×

उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ।

उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन। यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ।

अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ। यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ।

त्यसमध्ये यो वर्षको अन्त्यसम्म उसलाई एक करोडवटा खोप उपलब्ध भइसक्नुपर्नेछ।अमेरिकामा खोपको कति आवश्यकता छ भन्ने कुरा कोरोनाभाइरसका कारण बिहीवार ठूलो सङ्ख्यामा भएको मृत्युले देखाउँछ।

जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा २,००० भन्दा बढीको मृत्यु भएको थियो।

 

कहिलेसम्म खोप उपलब्ध होला?
यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक “केही घण्टाभित्रै खोप वितरण गर्न तयार“ भएको उनीहरूले बताएका छन्।

विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवंशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ।

सामान्यता अमेरिकामा कुनै नयाँ खोप स्वीकृतिका लागि औसत समय आठ वर्ष रहँदै आएको छ।

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन “विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा“ भएको टिप्पणी गरे।

सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन(सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ । युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले पनि खोप यो वर्षको अन्त्यसम्म उपलब्ध हुन सक्ने बताएकी छन्।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनमा कार्यरत प्राध्यापक स्टीफन इभान्सले एफडीए र युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले “एकदमै सावधानीपूर्वक मूल्याङ्कन गर्ने“ बताए।

बीबीसीकी स्वास्थ्य संवाददाता नाओमी ग्रीम्लीका अनुसार यो खोपको व्यापक प्रयोगका लागि अझै धेरै कुर्नुपर्नेछ।

उनी भन्छिन्, “किनभने यसलाई अवलम्बन गर्न पहिला कहिल्यै स्वीकृति नपाएको प्रयोगात्मक प्रविधि चाहिन्छ।“

सम्बन्धित समाचार

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
शीर्ष खबर

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
स्वास्थ्य/जीवनशैली

नेपालमा थप ११२ जनामा कोरोनाभााइरस संक्रमण

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल
शीर्ष खबर

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत
शीर्ष खबर

सांसदहरुले ३ महिनाको तलब एकमुष्ट पाउने

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

विप्लवको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहको आपत्ति

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

नेपालमा थप ११२ जनामा कोरोनाभााइरस संक्रमण

नवनियुक्त दुई राजदूतले लिए सपथ

नवनियुक्त दुई राजदूतले लिए सपथ

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.