ललितपुर ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन् ।
शुक्रबार राति ललितपुरको बागडोलबाट प्रहरीले उनीहरलाई पक्राउ गरेको हो ।
दोलखा, बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दलान पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी हुन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरकारले विप्तल समुहका गतिबिधिलाई प्रतिवन्ध लागाए पछि कार्यकर्ता लगातार पक्राउ पर्न थालेका छन् ।
केही दिन पहिले बुटवलबाट समुहका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र पाल्पा जिल्ला सदस्य मिनबहादुर आले पक्राउ परेका थिए ।
शनिबारदेखी विप्लव समूहले ३ दिनसम्म स्थापनको वर्षगाँठ मनाउँदैछ ।
Discussion about this post