पोखरा ।
पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्ल क्षेत्रीय अस्पताल पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
तनहुँ, भिमाद नगपालिकाका–५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनकारी दिएको छ । शुक्रबार दिउँसो २ः२० बजे ती पुरुषको मृत्यु भएको हो । कार्तिक २८ गते ती पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।
ADVERTISEMENT
Discussion about this post