पोखरा ।
तनहुँका कोरोनाभाइरस संक्रमितको पोखरामा मृत्यु भएको छ ।

×
![]()
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार तनहुँ म्यग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।
ती पुरुकमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कार्तिक ५ गते बिहान ९ः३० बजे उनको मृत्यु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस् :