पोखरा ।
विश्वमा एकै दिन ५ लाख ९४ हजारमा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक दिनमा विश्वमा ५ लाख ९४ हजार ५४२ जना कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्याङक छ । संगठनका अनुसार हालसम्म जम्मा संक्रमितको ंख्या ५ करोड ५९ लाख २८ हजार ३२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ९८९ कोरोना संक्रमितको मृत्यु भएसगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ लाख ४४ हजार ३ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल। फ्रान्स, रुस लगायत देशमा फैलिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस् :