काठमाडौं ।
मध्यपुर ठिमीबाट कौडा खेल्ने १० जना पक्राउ परेका छन् ।
मध्यपुर ठिमीबाट दुई लाख ६५ हजार रुपैयाँसहित कौडा खेल्ने १० जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छन् ।
उनीहरु स्नुकर हाउसमा जुवा खेलिरहेका थिए । महानगरीय प्रहरी वृत्त, मध्यपुर ठिमीबाट खटिएको टोलीले बोडेको अम्मर कृष्ण अवालको नगदेश स्नुकर हाउसबाट उनीहरु पक्राउ परेका हुन् ।
ADVERTISEMENT
पक्राउ पर्नेमा स्नुहर हाउस सञ्चालक , राजकुमार चित्रकार, रविन्द्र नापित, टिका ज्यापु, कर्ण लामा, राजेन्द्र साहुखल, श्याम कृष्ण घजु, हिराकाजी प्रजापती, पञ्च कुमार घजु र तुई लाल प्रजापती रहेको वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
Discussion about this post