Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

वुहानमा कोरोना भाइरसबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्ष जेल सजाय!

by केन्द्र खबर
२०७७, २ मंसिर मंगलवार १९:५४
0
वुहानमा कोरोना भाइरसबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्ष जेल सजाय!
103
SHARES
191
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
चीनले कोरोना भाइरसबारे समाचार लेख्ने एक पत्रकारलाई पाँच वर्ष जेल सजाय दिने भएको छ ।

३७ वर्षीय पूर्व वकिल समेत रहेकी झाङ झानलाई गत मे देखि प्रहरीले नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।

सार्वजनिक भएका केही कागजात अनुसार उनलाई पाँच वर्षसम्मको जेल सजाय दिन लागेको हो।

ADVERTISEMENT

उनीमाथि झगडा गराएको र समस्या उत्पन्न हुने गरी भड्काएको आरोप लगाइएको छ। चीनले यस्तो मुद्दा विशेष गरी चिनियाँ अभियन्ताहरूमाथि लगाउने गरेको छ।

यसरी चीनले वुहानमा देखिएको करोना भाइरसबारे रिपोर्टिङ गर्ने झाङलाई मात्रै नियन्त्रणमा लिएको भने होइन।

गत फेब्रुअरी देखि कम्तिमा पनि तीन जना पत्रकार बेपत्ता भएका छन्। तीमध्ये एक ली जिहुवा गत अप्रिलमा फेला परेका थिए। उनले आफू क्वारेन्टिनमा बसेको जानकारी गराएका थिए।

त्यस्तै दोस्रो पत्रकार चेन कुइशीलाई सरकारको निगरानीमा राखिएको खुलेको थियो। तर तेस्रो पत्रकार फाङ विन भने अझै बेपत्ता छन्।

सार्वजनिक भएको अभियोगपत्र अनुसार पत्रकार झाङ गत फेब्रुअरीमा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ गर्न वुहान पुगेकी थिइन्। जहाँ उनले विभिन्न मुद्दामा समाचार लेखेकी थिइन्।

नेटवर्क अफ चाइनिज ह्युमन राइटस् डिफेन्डर्स (सिएचआरडी)का अनुसार पत्रकारहरूलाई पक्राउ गरेको र उनीहरूका परिवारमाथि भएको दुर्व्यवहारबारे उनले समाचार लेखेकी थिइन्।

तर गत मे १४ मा उनी वुहानबाट बेपत्ता भएकी थिइन्।

एक दिनपछि उनलाई साङ्घाइको प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो। जुन वुहानबाट ६ सय ४० किलोमिटर टाढा छ।

गत जुन १९ मा भने उनलाई आधिकारिक रूपमा साङ्घाइबाट पक्राउ गरिएको थियो। त्यसको झन्डै तीन महिनापछि मात्रै वकिललाई उनीसँग भेट्न अनुमति दिइएको बिबिसीले जनाएको छ।

सिएचआरडीका अनुसार पक्राउविरूद्ध पत्रकार झाङ अनशन समेत बसेकी थिइन्।

सेप्टेम्बर १८ गते उनका वकिलले उनीमाथि अभियोग लगाएकोबारे फोनमार्फत जानकारी पाएका थिए।

यद्यपि गत शुक्रबारमात्रै उनीमाथि मुद्दा चलाइएको थियो।

सोमबार सार्वजनिक भएको अभियोग पत्रमा उनीमाथि ’लेख, भिडिओ र अरू मिडियाका माध्यम विच्याट, ट्वीटर र युट्युब लगायतबाट गलत सूचना फैलाएको’ आरोप लगाइएको छ।

त्यस्तै उनीमाथि ’द्वेषपूर्ण रूपमा’ वुहानमा भाइरस फैलिएकोबारे विदेशी मिडियालाई अन्तर्वार्ता दिएको पनि आरोप लगाइएको छ।

उनलाई चार देखि पाँच वर्षको सजाय दिन सुझाव दिइएको छ।

झाङलाई त्यसरी चिनियाँ प्रहरी तथा अधिकारीहरूले दुख दिएको पहिलो पटक भने होइन।

सिएचआरडीका अनुसार सन् २०१९ सेप्टेम्बरमा साङ्घाइ प्रहरीले उनलाई बोलाएको थियो। हङकङका अभियन्ताहरूबारे समाचार लेखेपछि प्रहरीले उनलाई बोलाएको थियो।

त्यतिबेला प्रहरीले उनलाई नियन्त्रणमा लिँदा जबरजस्ती मनोचिकित्सकसँग जाँच गर्न लगाएका थिए। समाचार साभारः सेतोपाटी

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.