काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् ।
पार्टीको विवाद लम्बिदै जादा नेकपाका नेताहरु पालैपाले राष्ट्रिपति कार्यालय धाउन थालेका छन् । विगतमा पनि विवाद मिलाउन भूमिका खेलेकी राष्ट्रपतीको यस पटक पनि नेकपा नेतासितको भेटघाट बाक्लीएको छ ।
यस अघि ३ दिन पहिले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राट्रिपतिसंग भेट गरेका थिए ।
कार्तिक ४ गते बुधबारको सचिवालय बैठकको मिति तय भएको अघिल्लो दिन दुइ अध्यक्ष ओली र प्रचण्ड दौडधुप गरेका छन् । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Discussion about this post