पोखरा, २ मंसिर ।
नेकपा स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारस)लाई पुत्री शोक परेको छ । अध्यक्ष पारसकी १३ बर्षीय छोरी अतिथी शर्माको अरिंगालको टोकाईका कारण निधन भएको हो ।

पुतलीबजार नगरपालीका–१४ स्थीत लामागेमा अरिगांलले टोक्दा घाइते शर्माको उपचारका क्रममा गण्डकी अस्पतालमा निधन भएको स्याङ्जा प्रहरीले पुष्टि गरेको हो ।
सोमबार लामागेमा माथील्लो घरबाट तल्लो घरमा भाईटीका लगाउन झर्दैगर्दा नजिकैको रुखमा रहेका अरिगांलले टोक्दा शर्मा घाइते भएकी थिइन् ।
शर्माको आज मगंलबार पोखरामै अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :