Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

अमेरिकी निर्वाचन परिणामः ट्रम्पले पहिलोपटक ट्वीटर सन्देशमा ’बाइडनले जितेको’ लेखे

by केन्द्र खबर
२०७७, १ मंसिर सोमबार १९:१७
0
हाम्रो देश खाली छैन, फर्केर जाऊ : ट्रम्प
11
SHARES
21
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक “जो बाइडनले जितेको स्वीकार गरेको“ देखिए पनि राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने बताएका छन्।

“निर्वाचनमा धाँधलीले भएकोले उनले जिते,“ रिपब्लिकन पार्टीका राष्ट्रपतिले ट्विटरमा लेखेका छन्।

त्यसको एक घण्टापछि उनले नोभेम्बर ३ को निर्वाचनमा आफूले हारेको स्वीकार नगर्ने भन्दै ट्वीट गरे।

ADVERTISEMENT

उनले महत्त्वपूर्ण राज्यहरूमा निर्वाचनमा धाँधली भएको भनेर केही मुद्दा हालेको भए पनि त्यससम्बन्धी प्रमाण दिएका छैनन्। उनका सबै कानुनी चुनौतीहरू अहिलेसम्म असफल भएका छन्।

शुक्रवार निर्वाचन अधिकारीहरूले चुनाव ’अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित’ रहेको र ’कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको’ बताएका थिए।

 

अहिलेको निर्वाचन अवस्था
अहिलेको अवस्थामा बाइडन आगामी राष्ट्रपति(निर्वाचितको रूपमा छन्।

उनले ३०६ इलेक्टलर कलेज मत जितेका छन् जुन राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भन्दा बढी हो।

पुनः मतगणना वा कानुनी चुनौतीले यो नतिजालाई असर पार्ने आकलन गरिएको छैन।

कुल मतसङ्ख्यामा पनि बाइडनले ट्रम्पलाई ५० लाखभन्दा बढी मतले पछाडि पारेका छन्।

तर ट्रम्पले त्यो ट्वीट गर्नुअघिसम्म बाइडनको जितका बारे कतै उल्लेख गरेका थिएनन्।

शुक्रवारको एक पत्रकार सम्मेलनमा पनि ट्रम्पले ’भविष्यमा कुन प्रशासन आउँछ भन्ने कुरा कसलाई के थाहा’ भनेका थिए।

 

हारको स्वीकारोक्ति?
बीबीसी सम्वाददाता विल ग्रान्टका अनुसार बाइडनका केही समर्थकहरूले राष्ट्रपतिको भनाइलाई एक प्रकारको हारको स्वीकारोक्तिका रूपमा लिएका छन्।

ट्वीटको पहिलो दुई शब्द अंग्रेजीमा ’उनले जिते’ भन्ने छ र त्यसपछि ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप दोहोर्याएका छन्।

त्यसपछि फेरि पर्यवेक्षकहरूले प्रवेश नपाएको कारण बाइडनले जितेको लेख्दै सञ्चारमाध्यमलाई आरोप लगाएका छन्।

त्यसको केही घण्टामा उनले सच्याउँदै यस्तो लेखेः “उनले मिथ्या समाचार सञ्चारमाध्यमको आँखामा मात्रै जितेका हुन्। म हार स्वीकार गर्दिन।“

ट्रम्पले हार स्वीकार नगर्दा ज्यानुअरी २० मा हुनुपर्ने प्रशासन हस्तान्तरण प्रक्रिया अलमलमा परेको छ। स्रोत: बीबीसी

सम्बन्धित समाचार

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’
राजनीति

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार
अन्तराष्ट्रिय

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे
अन्तराष्ट्रिय

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

नेपालका जलपन्छी गणना गरिँदै
शीर्ष खबर

चितवनमा चरा गणना सम्पन्न

गाँजा सहित दुई युवा पक्राउ
अपराध

सात वर्षपछि फरार अभियुक्त पक्राउ

प्रचण्ड पत्नी सीता दाहाललाई  उपचारका लागि भारत लगियो
समाचार

प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो

Discussion about this post

ताजा समाचार

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

नेपालका जलपन्छी गणना गरिँदै

चितवनमा चरा गणना सम्पन्न

गाँजा सहित दुई युवा पक्राउ

सात वर्षपछि फरार अभियुक्त पक्राउ

प्रचण्ड पत्नी सीता दाहाललाई  उपचारका लागि भारत लगियो

प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.