पोखरा ।
गण्डकी प्रदेशमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९८८ वटा स्वाबका नमुना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ५६१ जना निको भएका छन् ।
ADVERTISEMENT
आइतबार थपिने संक्रमितमध्य कास्कीका ११० छन् । त्यस्तै नवलपुरका ३६ लमजुङका १४, गोरखाका १४, मुस्ताङका १३, बागलुङका ९, तनहुँका ६ र पर्बतका ३ जना छन् ।
योसहति गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ४९० पुगेको छ ।
संक्रमितमध्य ५ हजार ६२१ जना संक्रमण मुक्त भएका छन् ।
हाल आइसोलेसनमा रहनेको संख्या ४ हजार ७४६ छ । आइसोलेसनमा रहेकामध्य ३ हजार ४२६ होम आइसोलेसनमा रहेको सरकारी तथ्याङक छ ।
Discussion about this post