पोखरा ।
देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २७९८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ ।
ADVERTISEMENT
यस्तै हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १२२१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएका छन् ।
Discussion about this post