पर्सा ।
पर्सामा तिहारमा बलेकोे दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
बहुदरमाई नगरपालिका – ८ रामनगरी बस्ने मनबोध साहकी १५ वर्षिया छोरी मनाकुमारी साहको मृत्यु आगोले जलेर मृत्यु भएको हो ।
ADVERTISEMENT
लक्ष्मीपूजामा घरमा बालेको दियोबाट आगालागी भएको थियोे । आगलागी हुँदा घरमै सुतिरहेकी साहको जलेर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । दियोबाट सल्किएको आगो धर जलेको छ । घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।
आगलागीबाट फुसको घर जेलेर नष्ट हुनुको साथै अन्न लताकपडा लगायतका सामाग्री जलेका छन् । करिब ५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
Discussion about this post