Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

तिहारको चौथो दिन, आज गाई तिहार

by केन्द्र खबर
२०७७, ३० कार्तिक आईतवार ०७:४४
0
तिहारको चौथो दिन, आज गाई तिहार
20
SHARES
37
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार पर्व मनाइँदैछ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।

गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

ADVERTISEMENT

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए।

 

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ। यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ।

 

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ। देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।

 

आत्म (म्ह) पूजा
कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिएको छ।

नेवार समुदायका मानिसहरुले भने आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदैछन्। आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो।

विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन्। नेपाल संवत्कै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन्। म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवत्सँग जोड्नु नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए।

धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन
राजनीति

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ
अर्थ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात
अपराध

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम
मुख्य समाचार

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?
मुख्य समाचार

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

Discussion about this post

ताजा समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.