पोखरा, ३० कार्तिक ।
माछापुच्छ्रे बैंकले तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ ।
देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसी भैलो गीत भिडियोसहित बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ ।
यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदान गरिने बैंकले जनाएको छ । सर्वोत्कृष्ट प्रस्तुति बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।
सहभागिहरुले बढीमा ३ मिनेटसम्मको भिडियो यही मङ्सिर १ गतेसम्म पठाउनु पर्ने छ ।
कोरोनाभाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमा गएर देउसी भैलो खेल्ने अवस्था नरहेकोले आफूसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी बैंकले देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको जनाएको छ ।
Discussion about this post