पोखारा ।
गण्डकी प्रदेशमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने संक्रमित मध्य ४ कस्कीका १ स्याङ्जाका छन् ।
स्याङ्जाका वालिङ नगरपालिका १४ का संक्रमित २४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।
ADVERTISEMENT
त्यस्तै पोखरा महानगर १४ का ६३ वर्षीय पुरुष, पोखरा महानगरापलिका १५ का ५० वर्षीय महिला, पोखरा महानगरपालिका २६ का ७२ वर्षीय महिला र पोखरा महानगरपालिका १८ का ४८ वर्षीय पुरुष छन् ।
थप संक्रमितको मृत्युसगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुुनेको संख्या १२३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
Discussion about this post