जनकपुर ।
धनुषामा २६ वर्षीया युवतीमाथि एसिड प्रहार गरेको आरोपमा उनकै श्रीमानलाई प्रहरीले पक्राउ परेका छन् ।
शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगर बस्ने वर्ष २६ वर्षीया आरती शाहभाथी एसिड प्रहार भएको थियो । एसिड प्रहार गरेको आरोपमा उनका श्रीमानसञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि माइती बस्दै आएकी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
ADVERTISEMENT
एसिड प्रहारबाट घाइते भएकी आरतीको अहिले जनकपुरधमको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार एसिडबाट आरतीको मुहार र छातीको भाग जलेको छ ।
Discussion about this post