• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

ओलीमाथि दाहालको प्रहार 

नेपालसहित पाँच नेतासँग ओलीको छुट्टै भेट

in राजनीति, शीर्ष खबर, समाचार, समाज
२०७७, २९ कार्तिक शनिबार ०७:४५
0
नेकपा विवाद : दुई अध्यक्षबीच भेटमै आरोप प्रत्यारोप !
58
SHARES
107
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ।

ads
×

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

 

बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर ओलीमा व्यक्तिवादी, एकाधिकारवादी र गुटवादी सोच रहेको आरोप लगाएका छन्।

उनले पार्टी र सरकारका सम्बन्धमा तालमेल र समन्वयको अभाव रहेको जनाएका छन्। ‘पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो छ।

हाम्रो आजको संवैधानिक र राजनीतिक व्यवस्थाअन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यावहारिक निरुपण हुन सकिरहेको छैन। यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’, उनको प्रतिवेदनमा उल्लेख छ, ‘वाम गठबन्धन र कम्युनिस्ट एकताबाट अत्तालिएका देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु हाम्रो यो स्थितिबाट हौसिँदै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विरुद्ध तथा हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनका विरुद्ध आफ्नो षड्यन्त्रलाई नयाँनयाँ रुपमा अगाडि बढाइरहेका छन्।

आफ्नो रणनीतिलाई अगाडि बढाउने सन्दर्भमा हालै विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा भएको सामरिक र अन्य सम्झौताले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको अगाडि नयाँ चुनौती थपिएका छन्।’

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने, नवउदारवादी पुँजीवादलाई पछ्याउने व्यक्ति भएको आरोप लगाएका छन्।

दाहालको प्रतिवेदनमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र एवं नेपाल कम्युनिस्ट पार्टीका अगाडि निकै नै गम्भीर समस्या खडा गरेको उल्लेख छ। ‘यी गम्भीर र जटिल समस्याको सामना अब ससाना प्राविधिक जोडघटाउ वा पदीय भागबन्डाबाट गर्नु असम्भव छ।

यसका निमित्त वैचारिक–राजनीतिक कार्यदिशा, संगठनात्मक विधि–पद्धति र कम्युनिस्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ’, उनले भनेका छन्।

उनका अनुसार ओली दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने, नवउदारवादी पुँजीवादलाई पछ्याउने व्यक्ति हो। ‘व्यवहारतः उहाँ (ओली) ले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने नवउदारवादी पुँजीवादलाई नै पछ्याइरहनुभएको छ’, दाहालले उल्लेख गरेका छन्।

दुई अध्यक्षबीच ‘पत्रयुद्ध’
अध्यक्षद्वय ओली र दाहालबीच ‘पत्रयुद्ध’ शुरु भएको छ। कात्तिक २२ मा दाहालसहित पाँच नेताले पार्टीको सचिवालय बैठक राख्न अनुरोध गर्दै लेखेको पत्रको जवाफमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आँट गर्न आग्रह गरेका छन्। त्यसको जवाफ फर्काउँदै दाहालले आर्दश र चिल्ला कुरामात्रै भएको जनाएका छन्।

ओलीले नयाँ पुस्तामा रहेका नेतालाई नेतृत्व दिने विषयमा यसअघि पनि कुरा उठाउँदै आएको भए पनि दाहाललाई लेखेको जवाफी पत्रमा आँट गरौं अब आउने औपचारिक फोरमबाट नयाँलाई जिम्मेवारी सुम्पेर पार्टी आन्दोलन, देश र जनातलाई गुन लगाऔं भनेका छन्।

‘क्रियाशील क्षमतावान् नयाँ पुस्ताले म त्यो पदमा पुगेर जिम्मेवारी सम्हाल्छु भन्ने मौका नपाउने भन्दै बूढाहरुको लडाइँमा मिलिदिनुस् भनेर कति दिन बस्ने’ भन्ने प्रश्नसमेत ओलीले गरेका छन्।

त्यसको जवाफमा दाहालले लेखेका छन्, ‘तपाईंले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेख्नुभएको छ तर व्यवहारमा भने कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुला रुपमा गरिरहनुभएको छ।

विघटन भइसकेको पार्टीको महाधिवेशनले छानेको अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ।’

ओलीले भने दाहाललाई पार्टीमा कचपच, सहमति र फेरि कचपचको शृंखला कहिलेसम्म भनेर प्रश्न गरेका छन्।

‘यो तमासाबाट अझै आजित हुनुभएको छैन’, ओलीले दाहाललाई प्रश्न गरेका छन्। दाहालले बेलाबेलामा ‘मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि’ भन्ने गरेको उल्लेख गर्दै ओलीले के कसरी र के भन्दा फकिनुहुन्छ भनेर प्रश्न गरेका छन्। मुलुकको समृद्धि, जनताको खुसहाली र पार्टीलाई थप समृद्ध बनाउन दाहाललाई फकाउन आफू तयार रहेको भन्दै उनले उल्लेख गरेका छन्, ‘ल मैले फेरि फकाएँ। आउनुस्, गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं।’

त्यसको जवाफमा दाहालले आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास व्यक्त गर्दछु भन्दै नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ उचाइतिर लैजानु छ भनेका छन्।

उनले लेखेका छन्, ‘एकता–संघर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ। मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ।

यति भएमा तपाईंले पत्रको अन्तिममा भने झैं म सजिलै फकिनेछु।’ दुवै नेताले एकले अर्कालाई आरोप लगाउँदै पत्राचार गरेका छन्।

नेपालसहित पाँच नेतासँग ओलीको छुट्टै भेट
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच सदस्यसँग अलग्गै अनौपचारिक छलफल गरेका छन्। पार्टीको सचिवालय बैठक सकिएपछि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन्।

गौतम भने केही समय बसेर निस्किएका थिए। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहिरिएपछि प्रधानमन्त्री ओलीले पाँचजना नेतालाई एकैछिन काम छ भनेर बालुवाटारमा अलग्गै छलफल गरेको स्रोतले जनाएको छ।

सचिवालय बैठक बालुवाटारमा केही समय बसेर सकिएको थियो।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसबारे ओलीले दिएको जवाफ अध्ययनका लागि नेताहरुलाई दिइएको छ।

अध्यक्षद्वयका पत्र अध्ययनपछि बैठक मंसिर ३ गते बस्ने भएको छ। नागरिक दैनमा समाचार छ ।

सम्बन्धित समाचार

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी
समाज

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
शीर्ष खबर

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

नवनियुक्त दुई राजदूतले लिए सपथ
समाज

नवनियुक्त दुई राजदूतले लिए सपथ

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’
राजनीति

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

विप्लवको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहको आपत्ति

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

नेपालमा थप ११२ जनामा कोरोनाभााइरस संक्रमण

नवनियुक्त दुई राजदूतले लिए सपथ

नवनियुक्त दुई राजदूतले लिए सपथ

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.