Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

खोलाको जग्गा व्यक्तिको नाममा, अख्तियारद्वारा अनुसन्धान

by केन्द्र खबर
२०७७, २९ कार्तिक शनिबार ०७:१६
0
खोलाको जग्गा व्यक्तिको नाममा, अख्तियारद्वारा अनुसन्धान
75
SHARES
138
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो ।

 

ADVERTISEMENT

सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले जग्गाधनीलाई आयोगमा हाजिर हुन सूचित गरिएको जानकारी दिनुभयो ।

 

जग्गाधनी तनावमा
आयोगले सार्वजनिक बिदा र बाटोको म्यादबाहेक सात दिनभित्र टङ्गालस्थित आयोगको केन्द्रीय कार्यालयमा हाजिर हुन म्याद दिँदै कात्तिक २७ गते सूचना जारी गरेपछि जग्गाधनीहरू तनावमा परेका छन् ।

एक अनुसन्धान अधिकृतका अनुसार केही जग्गाधनीले आयोगमा आएर आफ्नो वास्तविकताको जानकारी दिएका छन् । सुरुमा कमाउने धेरै त आफ्नो जग्गा बचेर हिँडिसकेका छन् भने नयाँ किन्ने जग्गा धनी अहिले बिनाकारण तनावमा परेका छन् ।

आयोगले एपेक्स कलेज प्रालि र युरो हाउजिङ डेभलपर्स प्रालि दुई संस्थालाई हाजिर हुन बोलाएको छ ।

अन्य जग्गाधनीहरूमा अञ्जनादेवी मिश्र, अरुणा झा, कुमारी कञ्चन शाह, गोपाल तिमल्सिना, ज्योत्सना जोशी, तीर्थबहादुर कार्की, त्रिलोकराज शाक्य, देवनारायण तिमल्सिना, नारानदेवी मानन्धर, निर्मला शाक्य, पूर्णगोविन्द लाखे श्रेष्ठ, विजयबहादुर राजभण्डारी, बिरोदेवी यादव हुनुहुन्छ ।

यसैगरी भुवनेश्वरी पराजुली, पङ्कज पराजुली, मीनाकुमारी कार्की राउत, रश्मी महर्जन, राजेन्द्रप्रसाद रुपाखेती, राज्यलक्ष्मी अमात्य, रामदुलारीदेवी साह, राममाया महर्जन, रूपा श्रेष्ठ, लोकबहादुर डङ्गोल, लोकेश महर्जन, शकुन्तला श्रेष्ठ, सुशील मानन्धर, सरिताकुमारी ठाकुर, सीता मानन्धर, सुनील मानन्धर, सुरेन्द्रकुमार मण्डल, सोनिया पोख्रेल र नर्मदा उपाध्याय शर्मा रहेको आयोगले जनाएको छ ।

 

खोलाको बहाव परिवर्तन
आयोगको सुरुवाती अनुसन्धानमा ‘खोलाको बहाव परिवर्तन गरी खोलालाई छोटो बाटोबाट लगी नक्सा एकीकरण गरिएको देखिन्छ ।’ साबिक हरिसिद्धि र धापाखेल गाविसमा पर्ने जग्गालाई नक्सामा एकीकरण गर्न नमिल्ने भएपछि जग्गा दलालहरूले खोलाको बहाव परिवर्तन गरी कम्पनीको नाममा जग्गा दर्ता गराएको पाइएको छ ।

आयोगका एक अनुसन्धान अधिकारीका अनुसार छ–सात रोपनी खोलाको जग्गा हराएको छ, खोलो कहाँ हरायो भनेर खोजी गर्ने क्रममा अनुसन्धान भइरहेको छ ।

मालपोत र नापीबाट पनि सत्यतथ्य मगाएका छौँ, कसले, कहिले खोलाको जग्गा कम्पनीको नाममा दर्ता गराएको हो, जग्गाधनीसँगको बयानपछि सबै खुल्ने नै छ ।

स्थानीय तहको चासो
साबिक हरिसिद्धि र धापाखेल गाविस हाल ललितपुर महानगरपालिकाको वडा नं. २८ र २९ मा रहेको कर्मनासा खोलाको जग्गा हराएको विषयमा स्थानीय तहले पनि चासो बढाएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०२१ सालको नापी अनुसारको खोलाको अवस्था बुझ्ने काम वडा कार्यालयहरूले गर्दै गरेको बताउनुभयो । उहाँले आफूहरू निर्वाचित भएर आएपछि त्यसरी खोला मिच्ने कार्य नभएको दाबी पनि गर्नुभयो ।

वडा नं. २८ का अध्यक्ष राजेश महर्जनले खोलाको जग्गा मिचेकाले अख्तियारमा उजुरी परेको सुनेको हो तर अन्य कुरा थाहा छैन भन्नुभयो ।

कर्मनासा खोला मात्र होइन काठमाडौँ उपत्यकाका नदी तथा धेरै खोलाको बहाव परिवर्तन गर्ने र खोलाको जग्गा कब्जा गरेर धनी हुने धेरै छ । गोरखापत्रमा समाचार छ ।

सम्बन्धित समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
अर्थ

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
राजनीति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा
राजनीति

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड
मुख्य समाचार

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
शीर्ष खबर

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु
शीर्ष खबर

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

Discussion about this post

ताजा समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.