पोखरा ।
गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

×
![]()
७ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । थपिनेमा कास्कीका ६१, स्याङ्जाका ६, नवलपुरका ५, तनहुँका ४ जना छन् । त्यस्तै बागलुङ, लमजुङ र म्याग्दीमा थप १ १ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसहित गण्कडीमा कुल संक्रमितको संख्या ९ हजार ९८२ पुगेको छ । शुक्रबार थप २ कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :