पोखरा ।
गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगर १४ का ६७ वर्षीय महिला रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जानकारी दिएको छ ।
कार्तिक २१ गते अस्पताल भर्ना भएका संक्रमितको गए राति २ बजे मृत्यु भएको अस्पताल प्राससनले जनाएको छ ।
योसहित क्षत्रीय अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सहप्रध्यापक अर्जुन आचार्यले जानकारी दिए ।
गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस् :