पोखरा, २९ कार्तिक
बैतडीमा बिहीबार राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। ३५ जना यात्रु घाइते भएका छन्।

बैतडीको पाटन नगरपालिका-८, खोड्पेमा बस दुर्घटना हुँदा घटना स्थलमै ८ मृत्यु भएको छ । एक जनाको डढेलधुरा उपक्षत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले केन्द्रखबरलाई जानकारी दिए ।
उनका अनुसार दूर्घटनामा परि ३५ जना घाइते भएका छन् । ति मध्ये आठ जनाको अवस्था गम्भिर छ ।
सबै घाइतेको डढेलधुरा उपक्षेत्रीय अस्पतालमाउपचार भइरहेको छ ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा बिहीबार राति साढे झण्डै १० :३० बजेतिर दुर्घटना भएको हो।
प्रतिक्रिया लेख्नुहोस् :