काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड–नेपाल समुह छलफल गरेको छ ।

बहुमत सचिवालय सदस्यले शुक्रबारको सचिवालय बैठकमा कसरी उपस्थित हुने भन्ने तयारी गरेको बुझिएको छ । सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने प्रचण्ड–नेपाल समुहको तयारी रहेको एक सचिवालय सदस्यले जानकारी दिए ।
शुक्रबारको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।
झन्डै एक महिनापछि ओली शुक्रबार सचिवालय बैठक बोलाउन सहमत भएका थिए । ओलीविरुद्ध बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा उनीहरुको छलफल केन्द्रित रहेको बुझिएको छ ।
सचिवालयको औपचारीक बैठक बस्नु अगाडी प्रचण्ड–नेपाल गुटको बैठक बस्नुले सचिवालय बैठकमा कडारुपमा प्रस्तुत हुने संकेत गरेको छ ।
अर्को तर्फ सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खोलिदिए पछि ओलीले बामलेवदलाई मन्त्री दिएर आफ्नो गुटमा तान्न सक्ने र अहिलेको विवाद ओझेलमा पर्ने कतिपयको आकलन छ ।
प्रतिक्रिया लेख्नुहोस् :