पोखरा ।
गण्डकी प्रदेशमा बिहीबार २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६४७ वटा स्वाबका नमुना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ९ जना डिस्चार्ज भएका छन् । भने थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बिहीबार थपिने संक्रमितमध्य कास्कीका ६९, नवलपुरका ४८, तनहुँका ४७, स्याङ्जाका १२, लमजुङका ८, पर्बत र बागलुङका ५ ५, मुस्ताङका ३, गारखाका २ र म्याग्दीका १ जना छन् ।
योबृद्धिसगै गण्डकीमा कुल संक्रमितको संख्या ९ हजार ९०३ पुगेको छ ।
संक्रमितमध्य ४ हजार ९७८ जना संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ८१० छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या ११४ छ ।
सक्रिय संक्रमितमध्य १ हजार ८१६ जना होमआइसोलेसनमा रहेको निर्देशनालयको तथ्याङक छ ।
११ जिल्लामा १० जिल्लामा सक्रिय संक्रमित छन् । मनाङमा शून्य संक्रमित छ । प्रदेश राजधानी समेत रहेको पोखरामा संक्रमितको संख्या सबैभन्दा धेरै ३ हजार २१ छ ।
Discussion about this post