चितवन ।
जिल्ला प्रहरी कार्यालय चितवनले नगद सहित २४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खालबाट प्रहरीले पाँच लाख १७ हजार १७५ रुपैया बरामद गरेको छ ।
जुवाखेलिरहेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस् :