काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री चित्रबहादर केसी कोरोनाभाइरस संक्रमणबाट गम्भीर बिरामी भएका छन् ।

स्वस्थ्य समस्या भई परिक्षण गर्दा केसीलाई कोरोना पोजेटिभ देखिएको थियो । केसी निमोनीयाले ग्रस्त भए पछि मंगलबार कोरोना परिक्षण गरिएको थियो ।
हाल केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको पार्टीले जनाएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबारे विज्ञप्ति जारी गदै स्वास्थ्य अवस्था गम्भिर भएकाले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल समेत गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :