Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

रुप फेर्दै पोखराका मुख्य सडक, तीन महिना भित्रै ‘अस्फाल्ट कंक्रिटिङ’ सकिने

by केन्द्र खबर
२०७७, २५ कार्तिक मंगलवार २२:१८
0
रुप फेर्दै पोखराका मुख्य सडक, तीन महिना भित्रै ‘अस्फाल्ट कंक्रिटिङ’ सकिने
119
SHARES
221
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा, २५ कार्तिक ।

पोखरा महानगरका सडक बलियो र राम्रो बनाउन अहिले अमेरिकी प्रविधिको अस्फाल्ट कंक्रिटिङ गर्ने काम धमाधम भइरहेको छ ।महानगरको न्युरोडमा कंक्रिटिङको काम सकिएको छ । मंगलबारबाट लेकसाइडमा कंक्रिटिङ गर्ने कामको प्रारम्भ भएको छ ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट अलग अलग ठेक्का लिएर  इलाइट मोतीधन जेभीले काम धमाधम बढाइरहेको हो । सो कम्पनीका कन्ट्रयाक म्यानेजर राजु रानाभाटका अनुसार काम निरन्तर गर्ने वातावरण बने अबको तीन महिना भित्र पोखराको मुख्य सडकमा अस्फाल्ट कंक्रिटिङको काम सकिइसक्ने छ ।

ADVERTISEMENT

लेकसाईडको हल्लन चोकमा कंक्रिटिङको काम गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामशरण महतले प्रारम्भ गरेलगत्तै प्रदेश सांसद राजिव पहारीसंग अनौपचारिक ढंगले निर्माण कम्पनीका रानाभाट भन्दै थिए, ‘अबको तीन महिना भित्र सबैको साथ पाएर काम निरन्तर गर्न पाए सबैकाम सकिन्छ । सुन्दर पोखरामा सुन्दर सडक बनाउन भनेर अन्यत्रको कामलाई बरु केही थाँती राखेरै भएपनि प्राथमिकतामा राखेका छौं ।’

त्यस अगाडि मन्त्री बस्नेतले नरिवल फोड्दै आलोचना आउने गरी काम नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए । उक्त कार्यक्रममै गण्डकी प्रदेश सांसद पहारीले अब बिकासको लहर आएको बताउदै लेकसाईडमा ७० लाखमा फुटट्यक समेत बन्ने जानकारी दिएका थिए।

पोखरा महानगरकोे १७ करोड लगानीमा १२ किलोमिटर बाटो निर्मार्ण न्युरोडबाट अगाडि बढेको छ । अब महेन्द्रपुलदेखि सिद्धार्थचोक, मेन्द्रपुल देखि रानीपौवा हुँदै अम्मरसिंह चोक, महेन्द्रपुल देखि पालिखेचोक हुँदै केआई सिंह पुल र सुन्दर फिडसम्मको बाटो अस्फाल्ट कंक्रिटिङ हुने महानगरका योजना महाशाखा प्रमुख ई.शारदामोहन काफ्लेले जानकारी दिए ।

यता पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख, इन्जिनियर दीनेश कुमार घिमिरेका अनुसार मुस्ताङचोकदेखि राष्ट्रवैंकचोक, शहीद चोक हुँदै लेकसाइड हल्लन चोकसम्म र हल्लन चोकबाट जिरो किलोमिटरसम्म ५.६ किलोमिटर सडकलाई अस्फाल्ट कंक्रिटिङ गर्न नौ ९ करोड ७८ लाख १३हजार ६ सय ६७ रुपैयाँमा ठेक्का सम्झौता भए बमोजिम काम सुरु भएको हो ।

 

सम्बन्धित समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी
राजनीति

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ
शीर्ष खबर

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति
अर्थ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो
राजनीति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

Discussion about this post

ताजा समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.