काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीलार्ई कारवाही गर्ने तयारी भइरहेको सूचना आफुले पाएको बताएका छन् ।
बास्कोटाले भनेका छन्, मलाई पत्यारत लागेको त छैन । उनले प्रधानमन्त्रीलाई कारबाही गरिने कुरा पत्यार नलागे पनि प्रतिक्षा त गर्नै प¥यो भन्दै सामाजिक सञ्जालमार्फत स्टाटस लेखेका छन् ।
उनले दुई हप्ताभित्र प्रधानमन्त्रीलाई पानी समेत पिउन नपाउने गरी खतरा कारबाहीको तयारी भइरहेको सूचना आफूले पाएको स्टाटसमा लेखेका छन् ।
जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे! भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब’, बाँस्कोटाले ट्विटरमा लेखेका छन्।
Discussion about this post