वीरगञ्ज ।
स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय नगरिक पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–८ माइस्थान चोकबाट भारत रक्सौल पूर्वी चम्पारण–१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको नेपाली १६ लाख बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा नगद सहित जैन पक्राउ परेका हुन् ।
ADVERTISEMENT
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको दावी छ ।
Discussion about this post