स्याङ्जा दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, घाईतेलाई जिएमसी रिफर (नामसहित)

केन्द्र खबर

पोखरा ।

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुदाँ १४ जनाको ज्यान गएको छ भने ११ जना घाईते भएका छन् ।

मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा वालिङ नगरपालिका–१४ पञ्चमूलमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

खनालको अनुसार दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते बालक

मुत्यु हुनेमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबास बस्ने ६३ वर्षकी माया पुन, वर्ष ९ का प्रविण कुँवर, वर्ष ५० का कुलदिप कुँवर, वर्ष ५० की डेमकुमारी कुँवर, वर्ष ८६ की हरिकला कुँवर, वर्ष ५० की टेककला कुँवर, वर्ष २५ की जमुना कुँवर, वर्ष ७० की भिमकला कुँवर, वर्ष ७० की मुवाकुमारी कुँवर, वर्ष ४३ की पोटकुमारी कुँवर, वर्ष ४३ की जानुका कुँवर,वर्ष ४२ की ज्ञान दली कुँवर,वर्ष ५० की मिना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

घाइते हुनेमा वालिङ नगरपालिका–१४ पञ्चमूल अर्खलबासकी बेलमाया कुँवर, चालक भूलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवर रहेका छन् ।

  • ३० बैशाख २०७९, शुक्रबार १४:०५ प्रकाशित