पोखरा ।
गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृतक दुवै कास्कीका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । मृत्यु हुनेमा पोखरा महानर १९ का ५७ वर्षीय पुरुष र पोखरा महानगर ११ का ६० वर्षीय पुरुष छन् ।
वडानम्बर १९ का संक्रमितको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । ती पुरुषलाई मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
ADVERTISEMENT
त्यस्तै वडानम्बर ११ का संक्रमितलाई मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५४ पुगेको छ । प्रदेशभर कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार ९६७ छ ।
Discussion about this post