पोखरा ।
देशभर थप १७ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ४६० जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित भेटिएको स्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
ADVERTISEMENT
पछिल्लो २४ घण्टामा १२ सय ३६ जना निको भएका छन् ।
हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यानको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कूल संख्या १४३५ रहेको छ ।
संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
Discussion about this post