Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

आँधीखोलामा टुनिखोला-सिमलचौर-ज्यामिरे सिँचाइ आयोजनाको शिलान्यास, १५ सय रोपनी सिञ्चित हुने

by केन्द्र खबर
२०७७, १० मंसिर बुधबार ०८:५८
0
आँधीखोलामा टुनिखोला-सिमलचौर-ज्यामिरे सिँचाइ आयोजनाको शिलान्यास, १५ सय रोपनी सिञ्चित हुने
50
SHARES
92
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

स्याङ्जा ।
आँधीखोला गाउँपालिकामा निर्माण हुन लागेको टुनिखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजनाको शिलान्यास भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उक्त आयोजनाको मंगलबार शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रदेश सरकार अन्तर्गत स्याङजामा ९ वटा सडक कालोपत्रे हुन लागेको जानकारी दिए । दुई वटाको काम शुरु भइसकेको छ भने अन्य सात वटा सडक समेत यसै वर्ष कालोपत्रे हुनेछन् । साथै गण्डकी प्रदेश सरकारले प्रदेश भर ६० वटा नयाँ पुल बनाइरहेको जानकारी दिँदै त्यस मध्ये ८ वटा पुल स्याङ्जाका मात्रै रहेको  उनले बताए ।

योजनाको कुल स्वीकृत लागत अनुमान २ करोड ८५ लाख रहेको भएपनि १ करोड ९१ लाख ३४ हजार ८ सय १७ मा ठेक्का सम्झौता भएको छ । जेठ ५ गते ठेक्का सम्झौता भएको योजना २०७७ भदौ २४ गते सम्ममा ठेकेदार कम्पनीले काम सक्ने सम्झौता भएको सिँचाई विकास डिभिजन कार्यालय स्याङ्जाका डिई हिमालय पौडेलले जानकारी दिए ।

ADVERTISEMENT

सिँचाई आयोजना सम्पन्न भइसकेपछि आँधीखोला वडा नं ४ का करिब १०० घर धुरीका १५०० रोपनी क्षेत्रफलमा खेती गर्ने कृषकहरू लाभान्वित हुने आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले जानकारी दिए । सिँचाइ योजना सम्पन्न भएपछि बर्षादको भरमा मात्रै खेती गर्नुपर्ने अवस्थाको अन्त्य हुँदै कृषि उत्पादनको वृद्धि हुने उनको भनाई छ ।

कार्यक्रममा प्रदेश सांसद मीनप्रसाद गुरुङ, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेल, पर्वतको फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मा, नेकपाका विष्णु पौडेल, काँग्रेसका प्रेमराज पौडेल, सिँचाइ डिभिजन कार्यालय स्याङजाका डिई हिमालय पौडेल, कुस्मा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष भीम गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, उपाध्यक्ष शर्मिला पौडेल र वडा नम्बर ४ का अध्यक्ष चिन्तामणि पौडेल लगायतलले उक्त अवसरमा बोलेका थिए ।

सम्बन्धित समाचार

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

कोरोनाभाइरस: कोभिड-१९ भएका पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’, चीनबाट फर्किएका थिए

कोरोना भाइरस खोपः अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस
शीर्ष खबर

कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रधानमन्त्री ओलीको आस्वासन: विगतमा जस्तो धोका पाउनुहुने छैन
राजनीति

प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागे केन्द्रीय सदस्य थापा

करको दायरा बढाउँदै भरतपुर महानगर
अर्थ

करको दायरा बढाउँदै भरतपुर महानगर

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
शीर्ष खबर

मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
शीर्ष खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Discussion about this post

ताजा समाचार

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

कोरोनाभाइरस: कोभिड-१९ भएका पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’, चीनबाट फर्किएका थिए

कोरोना भाइरस खोपः अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस

कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रधानमन्त्री ओलीको आस्वासन: विगतमा जस्तो धोका पाउनुहुने छैन

प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागे केन्द्रीय सदस्य थापा

करको दायरा बढाउँदै भरतपुर महानगर

करको दायरा बढाउँदै भरतपुर महानगर

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.