ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारबाही गरेको छ । ओलीपक्षीय प्रदेश कमिटीको मंगलवारको बैठकले दाहाललाई अध्यक्षबाट हटाएर साबिक कमिटीका सचिव आनन्द पोखरेललाई प्रदेश कमिटीको अध्यक्ष चयन गरेको छ । प्रदेशको संयोजन गरिरहेका नेता ईश्वर पोखरेलले अध्यक्षमा आनन्द पोखरेल र प्रदेश कमिटी सचिवमा खेम लोहनीको...